नेफ्स्कून सीएमसी कास्कीबीच समसामयिक विषयमा अन्तरक्रिया


नेफ्स्कून र कोअपरेटिभ म्यानेजर्स क्लब सीएमसी कास्कीबीच पोखरामा सहकारी तथा साकोस अभियानका समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा नेफ्स्कून सञ्चालक कमलादेवी गिरीको बिशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममको अध्यक्षता सीएमसी कास्कीका अध्यक्ष अपिल कोइरालाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिव मोहनप्रसाद अधिकारीले गर्नुभएको थियो । उक्त क्लबका संस्थापक अध्यक्ष मिलन ढकाल लगायत सीएमसी कास्कीको कार्यसमिति सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने, पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदीसँगै अन्य कर्मचारीहरु समेत सहभागी हुनुभएको थियो ।

त्यसैगरी नेफ्स्कून फिल्ड कार्यालयमा आयोजित अन्तरक्रियामा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले सीएमसी कास्कीका तर्फबाट अहिलेको सन्दर्भमा उठाइएका साकोस अभियानका विभिन्न सवालहरुलाई स्पष्ट पार्नुभएको थियो । नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका ढकालले तरलता चाप, सहकारीको सन्दर्भ ब्याजदर, स्थिरीकरण कोष, प्रविधिकरण, साकोस एकरुपता प्रणाली, स्तरीकरण कार्यक्रम लगायत समसामयिक विषयहरुमा नेफ्स्कूनको औपचारिक धारणासहित सीएमसी कास्की लगायत जिल्लाको साकोस अभियानबाट संघले गरेको अपेक्षा राख्नुभएको थियो । उहाँले सीएमसी कास्कीको अगुवाइमा क्षमता विकासका कार्यक्रमहरुमा नेफ्स्कूनको निरन्तर सहयोग रहने भन्दै साकोस अभियानको विकासमा क्लबको महत्वपूर्ण भूमिका रहने भन्दै थप सहकार्यको आवश्यकता औंल्याउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न