काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स काठमाडौं तेस्रो समूहमा आबद्धमध्ये ७ साकोसबाट काभ्रेका २ वटा साकोसको अवलोकन भ्रमण भएको थियो । भृकुटीमण्डप साकोस, डल्लु एकता साकोस, धादिङ मन्डली साकोस, कदर साकोस, देग साकोस, चौतारी साकोस, शुभसेवा साकोसका गरी ३२ जनाले काभ्रेको त्यस्तै, बुडोल सामुदायिक र ज्योति मिर्मिरे साकोसको अवलोकन भ्रमण गरेका थिए ।
त्यसैगरी ज्योति मिर्मिरे साकोसमा पुगेको टोलीलाई साकोसका अध्यक्ष उद्वव सापकोटाले स्वागत तथा संस्थाको संक्षिप्त्त जानकारी गराउनुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत गोपाल दाहलले संस्थाका गतिविधि र असल अभ्यास तथा चुनौतीका बिषयमा प्रस्तुति गर्नुभएको थियो । उक्त बुडोल सामुदायिक साकोस अबलोकनका क्रममा प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले प्रस्तुतीकरण गर्नुभएको थियो भने सञ्चालक समिति सदस्यका साथै व्यवस्थापनबाट सदस्य सेवा विभाग तथा ऋण विभागका कर्मचारीको समेत सहभागिता रहेको थियो ।
सो अन्तरक्रियात्मक कार्यक्रममा संस्थाहरुका असल अभ्यास र स्तरीकरण कार्यक्रमका फाइदाका बिषयमा विस्तृत छलफल भएको थियो भने भ्रमण कार्यक्रमलाई नेफ्स्कूनबाट सोबिता मैनाली, तथा राम सापकोटा र कास्कुनबाट नवराज सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
Leave a Reply