पौवादुङमा सहकारीहरुलाई नीति तथा संस्थागत परामर्श सेवा


भोजपुर । नेफ्स्कूनले सञ्चाल गरेको आधारशिला कार्यक्रम अन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेका सहकारी संस्थाहरुमा दोस्रो चरणको नीति तथा संस्थागत परामर्श सेवा सम्पन्न भएको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत गौतमकुमार साहले गाउँपालिका अन्तर्गत प्रत्येक सहकारी संस्थामा गएर नीति तथा संस्थागत परामर्श सेवा प्रदान गर्नुभएको थियो ।

उहाँका अनुसार पहिलो चरणको अवस्था मापनमा गाउँपालिका अन्तर्गतका सहकारीहरुलाई सक्रिय, निष्किृय र अतिनिष्कृय गरी ३ भागमा वर्गीकरण गरी अवस्था अनुसार विभक्त गरिएको थियो भने उनीहरुलाई आवश्यक पृष्ठपोषण पनि दिइएको थियो । त्यसैगरी आधारशिला कार्यक्रम नेफ्स्कूनको स्थानीय निकायसँगको सम्झौता, सहयोग र समन्वयमा सञ्चालन गरेको सहकारी संस्थाहरुको विकास र प्रवर्धनसम्बन्धी सशक्तीकरण कार्यक्रम समेत रहेको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न