बर्दियामा सहकारीहरूका लागि नेकोस प्लस सफ्टवेयर तालिम सञ्चालन


बाँके । लुम्बिनी प्रदेश–बर्दियाको राजापुरमा सञ्चालित विभिन्न सहकारी संघ-संस्थाहरुका लागि नेकोस प्लस सफ्टवेयर तालिम प्रदान गरिएको थियो । उक्त नेफ्स्कून फिल्ड कार्यालय नेपालगञ्ज‍ बाँकेद्वारा सञ्चालन भएको उक्त तालिमको उद्घाटन प्रमुख व्यक्ति नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो भने उद्घाटन सत्रमा बाँके र बर्दिया जिल्लाका नेकोस प्लस सफ्टवयर सञ्चालन गरिरहेका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी, बचत तथा ऋण सहकारी र जिल्ला संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

त्यसैगरी महासचिव अधिकारीले अहिलेकोे विषम परिवेशमा संस्थाको वित्तीय कारोबार गर्ने सहकारीहरुको लेखाप्रणालीमा एकरुपता ल्याउन, साकोसमा सुशासन कायम गराउन, कारोबारहरुलाई सुरक्षित चुस्त, दुरुस्त तथा पारदर्शी बनाउन नेफ्स्कूनले नेकोस प्लस सफ्टवेयरको विकास गरेको बताउनुभएको थियो भने उहाँले संस्थाहरुलाई प्रविधिमा अगाडि बढ्न आव्हान गदै संस्थालाई परेको बेला सम्पूर्ण सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा समेत व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी तालिमको सहजीकरण नेफ्स्कूनका सुचना प्रविधि अधिकृत राजन सुवेदी र सुचना प्रविधि सहायक बमबहादुर मगरले गर्नुभएको थियो भने तालिममा बाँके र बर्दियाका गरी विभिन्न सहकारी संघ-संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न