प्रगति साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

सुनसरी । सुनसरीको बर्जु-५ स्थित प्रगति साकोसको आयोजनामा प्रोबेसन मेची कोशी प्रथम क्लष्टरको १७औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो । नेफ्स्कून सञ्चालक एवम् इटहरी फिल्ड कार्यालय संयोजक गोमा नेपालको बिशिष्ट आतिथ्यता एवम बर्जु गाउँपालिकाका अध्यक्ष किशोरकुमार चौधरीको आतिथ्यतामा आयोजित कार्यशालाको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष उमेशकुमार चौधरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव चन्दनकुमार चौधरीले गर्नुभएको थियो । त्यसैगरी प्रगति साकोसका सञ्चालक सदस्य ताराचन्द्र चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहालले गर्नुभएको थियो भने कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य गोमा नेपालले साकोसका गतिविधि तथा वित्तीय अवस्थाबारे जानकारी आदान प्रदान गर्ने कार्यशालाले साकोसका सञ्चालकहरुलाई पनि सक्रिय बनाउने समेत बताउनुभएको थियो ।

उहाँले साकोसहरुलाई सुशासनका परिधिहरुभित्र रहेर सञ्चालनमा सघाउ पुर्याउँदै गुणस्तर सुनिश्चितता प्रमाणीकरण गर्ने प्रोबेसन कार्यक्रमको लोकप्रियता बढ्दै गएको दाबी गर्दै संस्थाहरुलाई आवश्यक प्राविधिक लगायतका सहयोगहरु उपलब्ध गराउन नेफ्स्कून सदैव तयार रहेको समेत सञ्चालक सदस्य नेपालले सहभागी साकोसहरुलाई आश्वस्त तुल्याउनुभएको थियो ।

उक्त प्रगति साकोसका अध्यक्ष उमेशकुमार चौधरीले केन्द्रीय छाता संघ नेफ्स्कूनको मार्गनिर्देशनको परिपालनप्रति प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय अध्ययन अवलोकन भ्रमणमा समावेश गरिनुपर्ने माग गर्नुभएको थियो भने क्लष्टरमा आबद्ध साकोसहरुकातर्फबाट गरी ३५ जना सहभागी कार्यशालामा नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले प्रोबेसन र गोएएमएलसम्बन्धी प्रस्तुतिकरण समेत गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *