जनसेवा सहकारीको कारोबार ६ करोड ९७ लाख


खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीको वार्षिक कारोबार ६ करोड नाघेको थियो । उक्त सहकारीको २५औं साधारणसभा एवं १३औँ अधिवेशनमा सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ७७ लाख ६१ हजार ८३१ निक्षेप सङ्कलन गरेको थियो भने बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ मा स्थापना गरिएको सहकारीले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा १ करोड भन्दा बढी निक्षेप संङ्कलन गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा ४४ लाख १० हजार ५५० सेयर वृद्धि भएकामा आर्थिक वर्ष २०७७/०७८ मा ६३ लाख ४३ हजार ६५० सेयर वृद्धि उपलव्धी भएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिनुभएको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा सेयर लाभांश ७ लाख २३ हजार ३१ रुपैयाँ वितरण गरेको सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा १० लाख १४ हजार ६०० शेयर लाभांश वितरण गरेको जानकारी दिँदै सो साधारणसभा एवं अधिवेशनले लेखा परिक्षण, आर्थिक प्रतिबेदन, आर्थिक नियमावली, कर्मचारी नियमावली र ऋण नीति पास गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

उक्त सहकारीले चालु आर्थिक वर्षको अन्त्यासम्ममा शेयर पुँजी १ करोड पुर्‍याउने, ऋण लिएका प्रत्येक ऋणि सेयर सदस्यको एक वर्षे दुर्घटना बिमा गर्ने, धान, कोदो, मकै, गहुँ, जौ, फापर, फलफूल र पशुपालनमा लगानी गर्ने ऋणीहरुलाई सोको बिमा गर्न प्रोत्साहन र सहजीकरण गर्ने समेत नीति तथा कार्यक्रम पारित गरेको थियो ।

त्यसैगरी कार्यालयमा सञ्चित एवं स्थानान्तरणको जोखिम अनुसार नगद बिमा गर्ने, कुल बचत ४ करोड ७७ लाख ६१ हजार ७३२ बाट वृद्धि गर्दै ६ करोड २८ लाख ८३ हजार १४१ पुर्‍याउने, हाल कायम प्रतिशेयर सदस्यको शेयर पुँजी १५ हजारबाट २० हजार पुर्‍याउने योजना बनाइएको थियो भने सहकारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ र १२ तथा रावाबेँसी गाउँपालिका-६ हौंचुरका ७६ बचत तथा २५ बाल बचत समूहका १ हजार ४६८ सेयर सदस्य रहेको समेत जानकारी गराइएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन