पोखरा रोयल साकोसद्वारा १ सय ५२ विद्यार्थीलाई पोसाक वितरण


कास्की । पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले पोखरा-१०, रामबजारस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ५२ विद्यार्थीलाई न्यानो पोसाक स्वेटर वितरण गरेको थियो । उक्त विद्यालयका प्रधानाध्यापक बलराम गिरीको अध्यक्षतामा भएको एक कार्यक्रममा पोखरा रोयल साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङ, उपाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ र प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले विद्यार्थीहरुलाई न्यानो पोसाक वितरण गर्नुभएको संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मिलन ढकालले जानकारी दिनुभएको थियो

उक्त संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्थाका कारण जाडो समयमा समेत न्यानो पोसाक खरिद गर्न कठिन भएका विद्यार्थीहरुलाई विद्यालयको माग बमोजिम सहयोग हस्तान्तरण गरिएको साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङले बताउनुभएको थियो भने विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यालय र समुदायमा नियमित रुपमा वित्तीय साक्षरता र प्रविधि साक्षरता सम्वन्धी शिक्षा र रोयल सेभिङ क्लबमार्फत विविध गतिविधि सञ्चालन गर्न साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक बलराम गिरीले सम्झौता पत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो ।

त्यसैगरी सहकारीले गरेको सहयोग र गतिविधि समुदायको लागि नमुनायोग्य काम भएको उदाहरण दिँदै प्रधानाध्यापक गिरीले सहकारी परिवारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहकारी संग सहकार्य गर्दै काम गर्न विद्यालय परिवार तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै विद्यालयका सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बासुदेव अधिकारीले गर्नुभएको थियो थियो भने विद्यालयमा बिहानी र दिवा कक्षा गरी २ हजार ६०० बढी विद्यार्थी अध्ययनरत रहेको र ८३ जना शिक्षकहरु कार्यरत रहेको समेत सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले जानकारी दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन