ठेचो महिला जागरण साकोसको CUDCC तालिम सम्पन्न


काठमाडौं । ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. गोदावरी ललितपुरको CUDCC तालिम नेफ्स्कूनको प्राविधिक सहयोगमा काभ्रेको धुलिखेलमा सम्पन्न भएको थियो । उक्त साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिमको समापन सत्रको प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारी रहनुभएको थियो भने अथिति नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल हुनुभएको थियो । त्यसैगरी तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत समुनराज घिमिरेले गर्नुभएको थियो भने संस्थाकी अध्यक्ष लक्ष्मितारा डङगोलले ब्याानरमा हस्ताक्षर गरेर तालिम उद्घाटन गर्नुभएको थियो । सो तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षेण समिति, उपसमिति र कर्मचारी गरी जम्मा २० जनाको सहभागिता थियो भने समापन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मितारा डङगोलले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीले नेफ्स्कूनले राज्यसँग बचत तथा ऋण सहकारी सञ्चालनमा देखिएका चुनौती र बेथिति समाधानका लागि वकालतको कार्य गर्ने गर्दछ र निरन्तररुपमा सोकार्य गरेको दाबी समेत गर्नुभएको थियो भने हाल करमा भएको छुट त्यसको परिणम भएको समेत बताउनुभएको थियो । त्यसैगरी उपाध्यक्ष अधिकारीले सञ्चालक समितिलाई संस्थाको भावी कार्यदिशा बनाई सोही बमोजिम अगाडि बढ्न अनुरोध गर्दै संस्थाले सहकारी शिक्षाको साथसाथै सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धि शिक्षा दिई सदस्यहरुको आर्थिक उन्नतिमा लाग्नको लागि अनुरोध समेत गर्नुभएको थियो ।

त्यसैगरी नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलले संस्था सञ्चालनमा रणनीतिक व्यवसायिक योजनाको निकै महत्व रहने भन्दै संस्थाले बनाएको रणनीतिक व्यवसायिक योजना अनुसार कार्य गर्ने र समय समयमा त्यसको समिक्षा गरी अगाडि बढ्न आग्रह गर्दे तालिमका सिकाइलाई संस्थामा कार्यान्वयनमा ल्याउन अनुरोध गर्नुका साथै ब्राण्ड सफलताको शुभकामना समेत दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन