सहकारी ऐन संशोधनका लागि सहयोग गर्छु: गृहमन्त्री


गृहमन्त्री बालकृष्ण खाँडले सहकारी र सरकारले स्वतन्त्रता र समानताका लागि एउटै सिक्कका दुई पाटा भएर काम गर्न सक्ने औल्याउनुभएको थियो । उहाँले जनताको आर्थिक सामाजिक सुदृढ गर्नका लागि सरकारले सहकारीको भूमिको अपेक्षा गरेको बताउदै सहकारी ऐन संशोधनको आवश्यकता औल्याउनुका साथै त्यसका लागि आफ्नो सहयोग रहेने विश्वास समेत दिलाउनुभएको थियो । त्यसैगरी उहाँले मलको उत्पादन र वितरणमा सहकारीको भूमिकालाई कसरी जोडेर प्रभावकारी बनाउने भन्ने विषयमा गृहकार्य गर्न आग्रह गर्दै सहकारीलाई स्वास्थ्य क्षेत्रमा प्रभावकारी रुपमा जोड्नुपर्ने र सहकारी अस्पताल सुचारु गर्न क्षमता अभिबृद्धि गर्नका लागि सरकार तयार रहि फोहोर व्यवस्थापनमा पनि सहकारीले योगदान समेत गर्न सक्ने औल्याउनुभएको थियो ।

सल्लाहकार समितिको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका मुख्य सल्लाहकार विष्णु रिमालले सहकारीले हुने र नहुनेबिचको खाडल अन्त्य गरी सहकारी ऐन २०७४ संशोधनका लागि सहयोग गर्ने समेत बताउनुभएको थियो । उक्त बैठकमा सल्लाहकार तथा महासंघका पुर्वअध्यक्ष दिपकप्रकाश बास्कोटाले सहकारीमा तालिम शिक्षाको बृद्धिको आवश्यकता औल्याउनुभएको थियो भने सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उषा झाले सहकारीले काम गर्ने ठाउँ धेरै भएको र विभिन्न निकायसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने समेत बताउनुभएको थियो ।

त्यसैगरी सल्लाहकार भरत प्रधानले स्वास्थ्य सहकारीको महत्व उजागर गर्नुभएको थियो भने सल्लाहकार तथा महासंघका पुर्व सञ्चालक रविन्द्र के.सी ले सहकारी महासंघको सक्रियता बढेको बताउनुभएको थियो । उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा महासंघका सञ्चालक तारा लामा तामाङले सहकारीमा प्रभावकारी नियमन गर्नुपर्ने बताउदै महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा भएको बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी सो कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको नीति तथा कार्यक्रम र अभियानको मुद्दाका विषयमा प्रस्तुती गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन महासंघका नायव महाप्रबन्धक बाबुल खनालले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै