सामुहिक साकोस भक्तपुरका सञ्चालहरुको क्षमता अभिवृद्धि तालिम सुरु


काठमाडौं । सामुहिक साकोस भक्तपुर, बोलाछेँको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सुरु भएको थियो । उक्त तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिका पदाधिकारीहरु, कर्मचारी गरी २३ जनाको सहभागिता रहेको थियो । त्यसैगरी तालिम उद्घाटन समारोहको अध्यक्षता संस्थाका सचिव कृष्णहरि सैंजुले गर्नुभएको थियो भने प्रमुख अतिथि लेखा सुपरिवेक्षण समिति सदस्य नित्यनाथ श्रेष्ठ रहनुभएको थियो । सो कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक कविन्द्र धौबन्जारले गर्नुभएको थियो ।

प्रोबेसन ब्राण्ड प्राप्त सामुहिक साकोस एक्सेस कार्यक्रममा आवद्ध रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरुले तालिमका लागि पोखरा जाने क्रममा धादिङ स्थित जनकल्याण साकोसको अवलोकन भ्रमण समेत गर्नुभएको थियो भने तालिम सहजकर्ता नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमिल्सिना र तालिम अधिकृत उमेश कोइराला रहनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै