दोलखा जिल्ला बचत संघको २३औं बार्षिक साधारणसभा सम्पन्न


दोलखा । दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २७औं स्थापना दिवस तथा २३औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त संघका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा विशेष आतिथ्यता नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्का, बाग्मती प्रदेश सहकारी संघका महासचिव भिम दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईं, तत्कालिन जिल्ला विकास समितिका पूर्व सभापति लालकुमार के.सी सहित स्थानीय सहकारी प्रतिनिधिहरु समेतको उपस्थित रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

उक्त कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले साकोस सबलीकरणका लागि स्थिरीकरण र स्तरीकरण प्रमुख रहेको चर्चा गर्दै स्थिरीकरण कोष अभियानको कोषको रुपमा स्थापित गर्न सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्दै नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रमहरुले संस्थालाई नीति, विधि र प्रविधि प्रयोगमा डोर्‍याउदै सदस्यको बचतको सुरक्षा, दीगो संस्थागत विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभएको थियो । त्यसैगरी अध्यक्ष पौडेलले दोलखा जिल्ला साकोस एकरुपता प्रणालीमा नमुना जिल्ला भएको प्रशंङ्ग उल्लेख गर्दै नेफ्स्कूनले सदस्यहरुलाई उच्च स्तरको प्रतिस्पर्धी सेवा उपलब्ध गराउँदै साकोस अभियानलाई प्राविधिकीकरण र सञ्जालीकरणमा जोड्न एकीकृत प्रविधि सेवा प्रारम्भको तयारीमा लागिरहेको बताउनुभएको थियो ।

सभामा उपस्थित विशेष अतिथि र अतिथिहरुले पनि बचत संघ र अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त सभामा संघका महासचिव अनिल श्रेष्ठले आगामी वर्षको निति तथा कार्यक्रम, कोषाध्यक्ष तेञ्जीङ शेर्पाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक डम्बरबहादुर खड्काले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो भने सो सभामा कोरोना भाइरस संक्रमणबाट असामयिक निधन हुनुभएका सहकारी अभियन्ता राष्ट्रिय सहकारी महासंघका सल्लाहकार तथा बाग्मती प्रदेशका माननिय सांसद स्वर्गिय पशुपति चौलागाई, सहकारीकर्मि तथा पत्रकार स्वर्गिय रविन्द्र गौतम र जनउपकार बचत तथा ऋण सहकारी संस्था जुगुमा कार्यरत कर्मचारी ऋण साहायक केशवकुमार खड्काप्रति समवेदना प्रकट गर्दै कर्मचारी खड्काको परिवारलाई समवेदनापत्रको साथै नगद रु ११ हजार १ सय ११ सहयोग समेत प्रदान गरिएको थियो ।

त्यसैगरी सभामा स्वागत मन्तव्य संघका सञ्चालक पूर्णदेवी तामाङले गर्नुभएको थियो भने सभाले विभिन्न विधामा उत्कृष्ट संस्था र कर्मचारीहरुलाई पुरस्कृत समेत गरेको थियो । जसअन्तर्गत स्थानीय क्षेत्रभित्र कार्यक्षेत्र भएका उत्कृष्ट साकोसहरुः सिर्जना साकोस, चाँपखोला साकोस, जनचेतना साकोस, जनश्रमिक साकोस, दिपशान्ति साकोस, मागादेउराली साकोस, शिवशक्ति साकोस, सावला देविमहिला साकोस र शुभप्रभात साकोसलाई सम्मान गरेको थियो । त्यसैगरी उत्कृष्ट ऋणि संस्थामा नवजनउत्थान साकोस, उत्कृष्ट बचतमा एकीकृत फ्रेण्डसीप साकोस, उत्कृष्ट सेयर खरिदमा जनसचेतन साकोस र उत्कृृष्ट सहकारी संस्थामा अर्थभूमि साकोस सम्मानित भएका थिए भने जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललाई उत्कृष्ट व्यवस्थापक पुरस्कार प्रदान गरेको र हाल संघमा कुल १४ करोडको कारोबार रहि १ सय ७२ सदस्य रहेको जानकारी गराइएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै