टोखामा साकोसहरूबीच सञ्जाल समन्वय तथा अन्तरलगानी प्रवर्धन कार्यक्रम सञ्चालन


काठमाडौं । नेफ्स्कून गोंगवु फिल्ड कार्यालयको आयोजनामा सञ्जाल समन्वय तथा अन्तरलगानी प्रवर्धन कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक सदस्य एवम् फिल्ड व्यवस्थापन उपसमिति संयोजक न्हुच्छे नारायण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु शेखर श्रेष्ठ, दिपक कार्की, सत्यनारायण डंगोल, नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ सहित गोंगबु र सामाखुसी क्षेत्रमा सञ्चालित विभिन्न १९ बचत तथा ऋण सहकारी संस्थाबाट २४ जना साकोस प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यसैगरी सञ्जाल समन्वय सम्बन्धमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा नेफ्स्कूनका वस्तु तथा सेवा र साकोस सबलीकरणका दुई प्रमुख कार्यक्रम स्तरीकरण र स्थिरीकरण कोष सञ्चालन सम्बन्धमा जानकारी समेत गराइएको थियो ।

त्यसैगरी नेफ्स्कूनका सञ्चालक एवम् उपसमिति संयोजक श्रेष्ठले सञ्जाल सवलीकरणका निम्ति स्तरीकरण कार्यक्रम आबद्धता, स्थिरीकरण कोषमा सहभागिता, साकोस एकीकरण र अन्तरलगानी प्रवर्धनका कार्यक्रममा जोडिन सहभागीहरुलाई आव्हान गर्दै नेफ्स्कूनद्वारा काठमाडौंको टोखा क्षेत्रमा पहिलो पटक कार्यक्रम भएको र सहभागीहरुले सुखी व्यक्त गर्दै टोखामा नेफ्स्कून सेवा केन्द्र सञ्चालनको माग गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन नेफ्स्कून गोंगबु फिल्ड इन्चार्ज प्रकाश अधिकारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै