अन्नपूर्ण साकोस कैलालीको ११औं बार्षिक साधारणसभा सम्पन्न


कैलाली । जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त सहकारीका अध्यक्ष खगेन्द्रप्रसाद धमालाको सभापतित्वमा आयोजित सभाको प्रमुख अतिथिमा लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेब बजगाई रहनुभएको थियो भने विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक शिवा थापा र नेफस्कूनका सञ्चालक माधव जोशी रहनुभएको थियो ।

 

 

 

 

 

 

 

सभामा बोल्दै प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नगरप्रमुख बजगाईले स्थानीय क्षेत्रमा सहकारीको विकास र प्रवर्धनका लागि स्थानीय सरकार र सहकारी हातेमालो गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्दै नगर क्षेत्रका कृषि उद्यमीहरुका लागि लम्कीचुहा नगरपालिका, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था र अन्य स्थानीय सहकारीहरुको सहयोगमा कृषि अनुदान उपलब्ध गराउने सहमति भएको समेत जानकारी गराउनुभएको थियो भने सभाका अन्य वक्ताहरुले सहकारीमा सदस्य नै सर्वप्रमुख रहेकोले सहकारीले प्रवाह गर्ने ऋण सदस्यहरुले उत्पादमुखी कार्यमा लगाउनुपर्नेमा जोड समेत दिनुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

त्यसैगरी साकोसले साधारणसभाको अवसर पारेर सेयर सदस्य र सेवाग्रहीका लागि अन्नपूर्ण स्मार्ट मोबाईल बैकिङ्ग सेवाको समेत शुभारम्भ रहेको थियो । उक्त अन्नपूर्णका शेयर तथा बचतकर्ताले आफुले गरेको कारोवार र आफ्नो खातामा रहेको पैसाको समेत मोबाईलबाटै जानकारी लिन सकिने गरी मोबाईल बैंकिङ, ब्यालेन्स् ईन्क्वायरी सेवा, मिनि स्मार्ट, रकम ट्रान्सफर, खानेपानी, डिसहोम, टेलिफोनको बिलभुक्तानी सेवा, आईएमई, इ-सेवा, खल्ती सेवा सुचारुका साथै विदेशका जुनसुकै ठाउँबाट पैसा पठाउन सकिने रेमिट सेवाको समेत सुरु गरेको थियो भने १० करोडको कारोबार गरेको अन्नपूर्ण साकोसले गत बर्ष २७ लाख खुद मुनाफा गरेको संस्थाका प्रबन्धक नवराज न्यौपानेले जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै