पोखरा रोयल साकोसका सदस्यलाई सहकारी र स्वास्थ्य शिक्षा


कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका दुलेगौंडा सेवाकेन्द्र अन्तर्गत रहेका सदस्यहरुलाई लक्षित गरी दुलेगौंडा बजारमा सहकारी र स्वास्थ्य सम्वन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको अभिमूखीकरण गोष्ठीमा सहकारीको महत्व र फाईदा, सहकारीको वित्तीय स्वास्थ्य, पोखरा रोयल सहकारी शिर्षकमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र क्यान्सर तथा कोभिड सम्वन्धी रोगको लक्षण र उपचारको बारेमा संस्थाका सल्लाहकार वरिष्ठ चिकित्सक डा.कालु शर्मा सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

उक्त कार्यक्रममा डा.सुवेदीले विशेषगरी महिलाहरुमा हुने स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट जोगिने विधी, कोरोना कालमा अपनाउनुपर्ने जीवनशैली र खानपानको बारेमा सहभागीहरुसँग सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा नेपाल अयुर्वेद रोग निवारण संस्था कास्कीका अध्यक्ष प्रेम भुजेलले रोयल सहकारीको सहकार्यमा विगत एक वर्षदेखि क्यान्सर रोगसम्बन्धी चेतना कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै निकट भविष्यमा रोयल सहकारीको सदस्यहरुबाट नै क्यान्सर रोग पहिचान सम्वन्धी परिक्षण कार्यक्रम समेत गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी संस्थाको दुलेगौंडा सेवाकेन्द्रको आयोजनामा सञ्चालित कार्यक्रममा संस्थाका सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक एकबहादुर गुरुङले स्वागत तथा संस्थाका सुपरिवेक्षक अविनाश पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सेवाकेन्द्र अन्तर्गत आवद्ध १२५ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा अधिकांश महिला सदस्यहरुको उपस्थिति रहेको र निकट भविष्यमा सदस्य लक्षित अन्य सामाजिक कृयाकलापहरु सञ्चालन गर्दै लगिने संस्थाको कार्यक्रम रहेको संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मिलन ढकालले बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै