सहकारी अभियानलाई सुशासित बनाउन महासंघको थप सक्रियता आवश्यक: मन्त्री श्रेष्ठ


काठमाडौं । सहकारीलाई मर्यादित र सुशासित रुपमा सञ्चालन गराउन अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले भूमिका खेल्नुपर्दछ भनी मन्त्री श्रेष्ठले बताउनुभएको थियो । उक्त राष्ट्रिय सहकारी महासंघको २९औं वार्षिक साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले सहकारी अभियानलाई सुशासित बनाउन महासंघको थप सक्रियताको अपेक्षा गर्दै कोभिड-१९ महामारीको कठिन परिस्थितिमा सहकारीले खेलेको भूमिको प्रशंसा समेत गरी तीब्र आर्थिक बृद्धि हासिल गर्न शोषण रहित समाज निर्माण गर्न र आत्मनिर्भर समृद्ध अर्थतन्त्र निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले उत्पादन बृद्धि गर्दै मुल्य शृखलामा सहकारीको योगदान हुने समेत बताउनुँएको थियो भने उहाँले कसैको निजी स्वार्थ पुरा गर्नका लागि मात्र सहकारी ऐन संशोधन नहुने स्पष्ट पार्दै संविधानको मुल मर्म, भावना तथा सहकारी दर्शन, सिद्धान्त अनुसार ऐन छैन भने त्यसलाई संशोधन गर्न आफू तयार रहेको कुरा समेत व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले मुलुकको कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान ५ प्रतिशत र वित्तिय क्षेत्रमा करिब १७ प्रतिशत भन्दा माथि रहेको बताउदै ४ दर्जन बढी अन्तरसम्बन्धित ऐन संशोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यसैगरी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारी शुसासन र स्वनियममा केन्द्रीय संघहरुलाई समेत सचेत गराउनुपर्ने अवस्था रहेकाले महासंघको समेत भूमिका आवश्यक रहेको औल्याउनुभएको थियो भने उद्घाटन कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशब बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोख्रेलले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले महासंघको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले वित्तिय अवस्थाको विषयमा जानकारी गराउँनुभएको थियो भने उक्त साधारण सभाले १० बर्षे रणनीतिक योजना स्वीकृत गरेको र महासंघको विधान समेत संशोधन गरिएको जानकारी समेत गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै