महासंघकी महाप्रबन्धक सुब्बाको पहिलो पुस्तक सहकारीमा २५ वर्षः भोगाई र अनुभूतिु विमोचित


 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी पहिलो महिला महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाद्वारा लिखित पहिलो पुस्तक सहकारीमा २५ वर्ष भोगाई र अनुभूतिु विमोचन गरिएको थियो । नेपालका सहकारीहरुको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको २९औं वार्षिक साधारण सभाको अवसरमा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले पुस्तक विमोचन गर्नुभएको थियो भने कुमाङ्ग सुब्बाले प्रकाशन गर्नुभएको पुस्तकमा सहकारी महासंघमा सुब्बाको २५ वर्षे यात्रा समेटिएको र लेखक सुब्बाले पुस्तक बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत राष्ट्रिय सहकारी महासंघको सहकारी विकास कोषमा प्रदान गर्ने घोषणा समेत गर्नुभएको थियो  ।

 

 

 

 

 

 

 

 

 

उक्त महासंघका निवर्तमान अध्यक्ष केशव बडालले निरन्तरता र धैर्यताले सफलतामा पुग्न सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको बताउदै उहाँले महासंघको पहिलो महाप्रबन्धक नियुक्ति हुनु अघि आफुले भोग्नु परेको चुनौतीलाई रचनात्मक ढंगले प्रस्तुत गरेको समेत बताउनुभएको थियो । त्यसैगरी नेपालमा सहकारी अभियान शून्यबाट कसरी ७७ जिल्लाका गाउँ गाउँमा पुग्यो र एउटा अभियानले कसरी सर्वसाधारणको जीवन बदल्यो भन्‍ने कुरा पुस्तकमा समेट्ने कोशिस गरेको उहाँले बताउनुभएको थियो भने सहकारी अभियानले मलाई बदल्यो अनि मैले आफै सक्रिय भएर धेरै मानिसको जीवन बदल्न सहयोग गरे र यो अभियानले देश बदल्‍छ भन्ने विश्वास जागेको कुरा समेत उहाँले पुस्तकको विषयमा बताउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै