बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । बागमती प्रदेश सहकारी संघ लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले शुभकामना मन्तव्य दिदैँ सौहार्दपूर्ण वातावरणमा गठन भएको बागमती प्रदेश सहकारी संघले सबै जिल्लालाई समेटेर सहकारीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देशभरिका सबै सहकारीको शेयरपूँजीको पचास प्रतिशत बागमती प्रदेशभित्र रहेको उल्लेख गर्दै बागमतीमा धेरै अवसर र चुनौती पनि त्यतिकै रहेको बताउनुभयो । उहाँले महासंघले बागमती प्रदेश संघ जस्तै देशभरीकै सबै संघहरुको समन्वयकारी भूमिकालाई निरन्तरता समेत दिने बताउनु भयो ।

कार्यक्रममा विशिष्ठ अतिथि पूर्व गृहराज्यमन्त्री एवम् सहकारी अभियन्ता दीपकप्रकाश बास्कोटाले संघले आफ्ना सदस्यहरुको सधै रक्षा गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी सहकारी महाशाखाका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले शुभकामना मन्तव्य दिनुहुदै अनुगमनमा नियामक निकाय सँगसँगै अभियान पनि हिड्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी देशको सबैभन्दा ठूलो सञ्जाल भएकोले त्यहि अनुसार देश विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी संघका अध्यक्ष रामशरण शर्माले सञ्चालक समितिको तर्फबाट मन्तव्य राख्दै प्रदेशको छाता संघको रुपमा रहेको बागमती प्रदेश संघले सहकारी अभियानलाई व्यबस्थित रुपमा सञ्चालन र व्यवस्थापन गर्नका लागि संघिय सरकार, प्रदेश सरकार र विभागिय मन्त्रालय त्यस्तै सरोकारवाला निकायहरुसँग समन्वय गरी प्रारम्भिक सहकारी संस्थाहरु, जिल्ला संघहरु र बिषयगत प्रदेश सहकारी संघ तथा संस्थाहरूको स्तर उन्नती र विकासकालागि आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यसैगरी उहाँले वागमती प्रदेशको १३ बटै जिल्लाका ११९ वटै पालिकाहरुसँग समन्वय गरी सहकारी संस्थाहरुको दिगो विकासका लागि सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले सबै अतिथि तथा प्रतिनिधिहरुलाई स्वागत गर्दै सुदृढ अभियान, सशक्त तथा सक्षम संघ बनाउन बागमती प्रदेश संघ अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । संघका महासचिव भिमप्रसाद दाहालले बार्षिक प्रतिवेदन र आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी संघको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक नेत्रराज पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

हाल बागमती प्रदेशभित्र १० हजार ४ सय १८ सहकारी संघसंस्था, २७ लाख १७ हजार सदस्य, ५१ अर्ब ४० करोड ६४ लाख शेयर पुँजी, २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख बचत, १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख कर्जा, ३३ हजार ८ सय ४३ रोजगारी सिर्जना भएको छ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न
आगलागीका कारण क्षतिग्रस्त साकोसलाई नेफ्स्कूनद्वारा कम्प्यूटर सहयोग
दाङको घोराहीमा बचत तथा ऋण सहकारी संघ-संस्थाहरुका लागि सफ्टवेयर तालिम सुरु (फोटो फिचर)
बसेनी साकोस कर्ब्स कार्यक्रममा आबद्ध