काठमाडौं । नेफ्स्कूनले काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारी संघ लि. को सम्पन्न २४औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई एक औपचारिक कार्यक्रम गरी बधाई तथा शुभकामना ज्ञापन गरेको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक सदस्य जिवसराज खड्का, प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल लगायतको टोलीका तर्फबाट जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मीसहितको १३ सदस्यीय सञ्चालक समिति र शिवप्रसाद आचार्यको संयोजकत्वको ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिका सदस्यहरुलाई हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरिएको थियो ।
त्यसैगरी बनेपामा आयोजित एक कार्यक्रममा नेफ्स्कूनले काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २४औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई बधाई तथा शुभकामनासहित साकोस अभियानका समसामयिक विषयमा संक्षिप्त अन्तरक्रिया समेत गरेको थियो भने कार्यक्रममा संघका सल्लाहकारहरु इन्द्रप्रसाद अधिकारी, प्रदीप थापा, तीर्थमाया प्रधान, बागमती प्रोस्कूनका सदस्य प्रकाश बञ्जारा लगायतको उपस्थिति रहेको थियो ।
Leave a Reply