काठमाडौं । नेफ्स्कूनले सहकारी र साकोस अभियानका समसामयिक विषयहरुमा काभ्रेपलाञ्चोक जिल्लाका सहकारीकर्मीहरुसँग अन्तरक्रिया गरेको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक सदस्य जिवसराज खड्का, प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल लगायतले जिल्लाका २२ बचत तथा ऋण सहकारीहरुबाट अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत गरी ३५ जनासँग समसामयिक विषयमा अन्तरसंवाद गर्नुभएको थियो ।
उक्त कार्यक्रममा तरलता चाप, वित्तीय बजारको अवस्था, अभियानको अपेक्षा र भूमिका, नेफ्स्कूनका सेवा, व्यवसाय र गतिविधिबारे अन्तरक्रिया भएको थियो भने अन्तरक्रियाले सञ्जाल समन्वयका साथ अघि बढ्दा जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने भन्दै सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्यमा जोड समेत दिएको थियो ।
Leave a Reply