को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
राष्ट्रिय सहकारी महासंघले डिप्लोमा इन कोअपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माण गर्नका लागि सम्झौता गरेको थियो । उक्त कोर्ष तयारीका लागि महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालयका स्कुल अफ मेनेजमेन्ट, उद्यमशिलता तथा बजारीकरण विभागी प्रमुख प्रा.डा. विनोद कृष्ण श्रेष्ठबीच सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको थियो भने सम्झौतामा १५ बैशाखभित्र कोर्षको प्रारुप र कोर्ष निर्माण गरिसक्ने उल्लेख गरिएको थियो ।
त्यसैगरी कम्तिमा दुईवटा फोकस ग्रुपसँग छलफल गरी आवश्यक परामर्श, सल्लाह र सुझावको अधारमा कोर्ष तयारी हुने महासंघका महाप्रबन्धक सुब्बाले बताउनुभएको थियो भने महासंघले नेपालमा नै डिप्लोमा इन कोअपरेटिभ म्यानेजमेन्ट कोर्ष सञ्चालन गरी सहकारीको सुशासनमा योगदान गर्ने लक्ष्य समेत राखेको छ ।