मोरङका दुई साकोसबीच एकीकरण
काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका-६ रमाइलो बचत तथा ऋण सहकारी र जनएकता बचत तथा ऋण सहकारीबीच एकीकरण भएको थियो । उक्त एकीकृत संस्थाको नाम रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था राखिएको थियो भने एकीकृत सहकारीको १५ सदस्यीय तदर्थ सञ्चालक समितिको अध्यक्षमा भोलाप्रसाद अधिकारी, उपाध्यक्षमा अम्बिकाप्रसाद अर्याल र यशोदा लिम्बु, सचिवमा टङ्कबहादुर अधिकारी, सह सचिवमा युवराज दवाडी र कोषाध्यक्षमा त्रिभुनाथ फुयाँल रहनुभएको थियो ।
त्यसैगरी सदस्यहरूमा इच्छा कोइराला, राजेश कार्की, गीता कार्की, नारायण काफ्ले, प्रमीला धिमाल, अनिल कार्की, तारा ओझा राजवंशी, कुमार फुयाँल र डिल्लीप्रसाद ओझा रहनुभएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजकमा रवीन्द्र पाठक र सदस्यहरूमा बोधनारायण राजवंशी र विमला कटुवाल समेत रहनुभएको थियो ।
उक्त साकोसमा एकीकरणसँगै कारोबार पनि बढेको र सहकारीको पुँजी तथा दायित्व ९ करोड ९४ लाख १५ हजार ८ सय रुपैयाँ रहेको छ भने कोष हिसाब १० करोड ३० लाख ४८ हजार ५४९ रुपैयाँ पुगेको छ । त्यसैगरी बचत तथा निक्षेप ६५ करोड ४५ लाख ४२ हजार २८९ रुपैयाँ पुगेको छ ।