नेफ्स्कून म्याग्दी सेवा केन्द्र उद्घाटन तथा कारोबार सञ्चालन
काठमाडौं । नेफ्स्कून म्याग्दी सेवा केन्द्रको उद्घाटन तथा कारोबार सञ्चालन भएको थियो । म्याग्दी सदरमुकाम बेनी-८, न्यूरोड अवस्थित संघको ११औं सेवा केन्द्रको उद्घाटन भई कारोबार समेत सुरु भएको थियो । त्यसैगरी नेफ्स्कूनका सञ्चालक सदस्य चण्डीप्रसाद शर्मा पौडेल र पोखरा फ़िल्ड व्यवस्थापन उपसमिति सदस्य रामजी प्रसाद सुवेदीको उपस्थितिमा कारोबार सञ्चालन भएको थियो भने पहिलो दिन कारोबारकर्ता सदस्य संस्थाको तर्फबाट मिना आचार्यले दीप प्रज्वलन गरी कारोबार शुभारम्भ गर्नुभएको सेवा केन्द्र प्रमुख धर्मराज जोशीले जानकारी गराउनुभएको थियो ।