काठमाडौं । गोकर्णेश्वर-८, अत्तरखेल, जोरपाटीस्थित सक्षम सञ्जाल बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध भएको थियो । उक्त साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा प्रोबेसन कार्यक्रम सम्झौता भएको थियो भने नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छेनारायण मिलन श्रेष्ठ, संघका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने, संस्थाका अध्यक्ष नवराज पौडेल, प्रमुख कार्यकारी अधिकृत राजकुमार कार्की लगायत सहभागी कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
संस्थालाई वित्तीय रुपमा सुरक्षित, सवल र दिगो बनाउन नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर प्रमाणीकरण सम्बन्धी कार्यक्रम प्रोबेसनमा सहभागी भएको साकोसले जनाएको थियो । त्यसैगरी सहकारी ऐन २०४८ बमोजिम २०६५ साल माघ २७ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई २०६६ साल बैशाख २७ गतेदेखि कार्यालय स्थापना गरी सञ्चालनरत सक्षम सञ्जाल साकोसको गोकर्णेश्वर नगरपालिकाका सबै वडा तथा बुढानिलकण्ठ नगरपालिकाको कपन कार्यक्षेत्र रहेको थियो भने साकोसमा हाल १३ सय बढी सदस्य रहेको र कुल कारोबार ४४ करोड बढीको रहेको थियो ।
Leave a Reply