सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै


काठमाडौं । मधेश प्रदेशको सिराहा जिल्लास्थित सिरहा नगरपालिकामा आधारशिला कार्यक्रम अन्तर्गत पहिलो चरणमा सहकारीहरुको अवस्था मापनको काम धमाधम भैरहेको थियो । हाल सिरहामा रहनुभएका नेफ्स्कूनका कार्यक्रम अधिकृत गौतम साहका अनुसार नगरपालिका भित्र विभिन्न प्रकृतिका ८१ वटा सहकारी संस्था रहेका छन् । उहाँले नेफ्स्कूनले सञ्चालन गरेको आधारिशला कार्यक्रम अन्तर्गत पहिलो चरणमा नगरपालिका भित्रका ती सहकारी संस्थाहरु के कस्तो अवस्थामा छन्, उनीहरुको यथार्य विवरण, भौगोलिक अवस्थिति, सञ्चालक समिति, कर्मचारी, कार्यालय, सदस्य, सेवा तथा उत्पादन लगायत सबै विषयमा जानकारी लिने काम भैरहेको समेत बताउनुभएको थियो ।

 

 

 

 

 

 

 

उक्त आधारशिला कार्यक्रम सबै प्रकृतिका सहकारीहरुको विकास, प्रवर्धनका निम्ति नेफ्स्कूनले सञ्चालन गरेको नवीनतम कार्यक्रम हो । यस अन्तर्गत स्थानीय तहका सहकारीहरुको सक्षमता विकासका लागि स्थानीय सरकारहरुसँगको समन्वयमा प्राविधिक सहयोग, शिक्षा, तालिम लगायतका सहयोग गर्ने उद्देश्य रहेको थियो भने सिरहा नगरपालिका र नेफ्स्कूनबीच २०७८ साल मंसिर २३ गते आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएसँगै नगरपालिका भित्रका सहकारीहरुको अवस्था मापनको काम समरत सुरु भएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न