काठमाडौं । स्वयम्भू मुख्य कार्यालय रहेको समुदायमा आधारित हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. को ५औं स्थापना दिवस विविध सप्ताहव्यापी कार्यक्रमका साथ सम्पन्न भएको थियो । काठमाडौंका ५ बचत तथा ऋण सहकारी संस्था एकीकरण भएको दिन माघ ११ गते लाई स्थापना अर्थात एकीकरण दिवसको रुपमा प्रत्येक बर्ष विविध कार्यक्रम आयोजना गर्ने गरिएको संस्थाका व्यवस्थापक योगेन्द्र साउदले जानकारी गराउनुभएको थियो भने स्थापना दिवसका अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रमको समापन सहित सदस्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रम समेत आयोजना गरेको थियो ।
कार्यक्रम स्थापना दिवस मुल समारोह समितिका संयोजक एवम्ं संस्थाका उपाध्यक्ष रामबहादुर कट्वालको अध्यक्षतामा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकरी संघ लि. नेफ्स्कूनका अध्यक्ष तथा संस्थाका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी स्थापना दिवसका अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै संस्थाले विभिन्न ८ वटा सेवा केन्द्रमार्फत सदस्यहरुले गरेको वित्तीय कारोबारका आधारमा उत्कृष्ठ कारोबारी सदस्यहरुलाई पुरस्कृत समेत गरेको थियो भने सो कार्यक्रममा संस्थाको उत्कृष्ठ वर्ष कर्मचारीका रुपमा मुख्य सेवा केन्द्रका सेवा केन्द्र प्रमुख सुस्मिता अधिकारी निरौलालाई पुरस्कृत गरिएको थियो ।
सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत संस्थाले स्वच्छ समुदाय निर्माणका लागि वातावरण सरसफाइमा ध्यान दिँदै फोहोर व्यवस्थापनका लागि समुदायस्तरमा डस्टविनहरु वितरण गरिएको व्यवस्थापक साउदले जानकारी गराउनुभएको थियो भने संस्थाका अध्यक्ष एवम् कार्यक्रम समापन समारोहका प्रमुख व्यक्ति परितोष पौडेलले संस्थाको परिकल्पना, ध्येय, मूल्य र मान्यता साथै कर्मचारीहरुलाई संस्थाको मार्गदर्शन सहित उत्प्रेणात्मक प्रस्तुतीकरण समेत राख्नुभएको थियो ।
Leave a Reply