रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न


रुपन्देही । रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा ३ दिवसीय ‘पर्ल्स अनुगमन प्रणाली’ तालिम सम्पन्न भएको थियो । उक्त तालिममा संघमा आवद्ध १८ संस्थाका २१ व्यवस्थापक एवम् सञ्चालकको सहभागिता रहेको थियो । तालिमको समापन सत्रको अध्यक्षता जिल्ला संघका सञ्चालक एवं तालिम शिक्षा उपसमिति संयोजक भरत भुसालले गर्नुभएको थियो भने जिल्ला संघका उपाध्यक्ष कृष्ण चौहान क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमका अतिथिमा जिल्ला संघकी सञ्चालक निर्मला अधिकारी, नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्का, फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला रहनुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अथिति क्षेत्रीले प्रतिकूल समयमा पनि तालिम प्रभावकारी रहेको भन्दै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्नुपर्ने धारण राख्दै प्राविधिक तालिमहरु कम्तीमा पनि ५ दिनको हुनुपर्ने जानकारी समेत गर्नुभएको थियो । त्यसैगरी सभाका अध्यक्ष भुसालले तालिमको सैद्धान्तिक कक्षा मात्र समापन भएको र व्यवहारिक कक्षा संस्थामा गएर काम गर्न थाले पछि मात्र सुरु हुने भएकाले तालिमको प्रभावकारीताको लागि अभ्यास अनिवार्य भएको धारणा राख्नुभएको थियो ।

 

उक्त तालिमका सहभागिहरुले महत्वपूर्ण विषयमा तालिम आयोजना गरी पहिलो पटक पर्ल्सको विषयमा धेरै ज्ञान आर्जन गर्ने अवसर प्रदान गरेकोमा जिल्ला संघ र नेफ्स्कूनप्रति आभार व्यक्त गर्नुभएको थियो । जिल्ला संघका अध्यक्ष प्रकाश भुसालको प्रमुख आथित्यतामा उदघाटन भएको तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो भने उदघाटन सत्रमा तालिमको उदेश्य सहित स्वागत मन्तव्य फिल्ड कार्यालय इन्चार्ज छत्र धमालाले राख्नुभएको र कार्यक्रम सञ्चालन जिल्ला संघकी व्यवस्थापक शर्मिला भटराईले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न