काठमाडौं । नवलपरासीका २ बचत तथा ऋण सहकारी कर्ब्स कार्यक्रममा आबद्ध भएका छन् । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । रुपन्देहीको सुनवल नगरपालिका- ९ स्थित भैरब साकोस तथा नवलपरासी पश्चिम पाल्हिनन्दन गाउँपालिका-२ स्थित हरपुर आय आर्जन साकोससँग कर्ब्स कार्यक्रम सम्झौता भएको थियो । त्यसैगरी नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्का तथा संघको भूमही सेवा केन्द्र इन्चार्ज नेत्र सापकोटासँगै दुबै साकोसका प्रतिनिधिहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।
Leave a Reply