मरिण गाउँपालिकाको सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न


काठमाडौं । सिन्धुलीस्थित मरिण गाउँपालिकामा सञ्चालित सहकारी प्रतिनिधिहरुका लागि सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको थियो । मरिण गाउँपालिकाको कार्यालय सिन्धुलीद्वारा आयोजित तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले गर्नुभएको थियो भने कार्यक्रममा वोल्दै बम्जनले मरिण गाउँपालिका भित्रका सहकारी संस्थाहरु एकीकरणमा आउनुपर्ने र संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा सहकारी हुनपर्नेमा जोड दिंदै उहाँले मरिण पालिकाका एउटा वडामा एक प्रकृतिको एकमात्र सहकारी सञ्चालनमा रहने हो भने पालिकाको तर्फवाट प्रति सहकारी एक करोड सहयोग गर्न सकिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । त्यसैगरी समृद्ध मरिण बनाउनका लागि सहकारी अभियानको सुदृढीकरण गरि कृषि उत्पादन, दुग्ध उत्पादन, बचत तथा ऋण, उपभोक्ता, जुनार, जडीवुटी, बहुउद्देश्यीय जस्ता ७ विधाका सहकारी फरक वडामा फरक प्रकृतिको संस्थाको संस्थागत विकास गरि जिल्लाकै उदाहरणीय बनाउन पालिका कटिवद्ध भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ सिन्धुलीका महासचिव तथा मरिण गाउँपालिका स्तरिय सहकारी सञ्जालका संयोजक एवं तालिमका प्रशिक्षक नवराज कोइरालाले मरिणमा रहेका सहकारी संस्थाहरुको विकासका लागि तालिम पाहिलो आवाश्यकता रहेको बताउनुभएको थियो भने ४ दिवसीय तालिममा पालिका स्तरका १९ सहकारी संस्थाहरुका सञ्चालक तथा व्यवस्थापकहरुलाई सहजीकरण गर्दै कोइरालाले साना साना आकारमा रहि सदस्यको सन्तुष्टी दिन नसकी सञ्चालनमा रहनु भन्दा सदस्यको वित्तिय समाधानका लागि एकीकरण नै उपयुक्त माध्यम रहेको बताउनुभएको थियो ।

 

मरिण गाउँपालिकामा दर्ताका हिसावले २९ वटा सहकारी संस्था सञ्चालनमा रहेको देखिए पनि वास्तवमै संस्थागत रुपमा कृयाशिल संस्था न्युन रहेको उहाँले बताउनुभएको थियो । उक्त पालिकामा सहकारी सञ्जाल गठन भए संगै मरिणका सहकारी संस्थाहरुको विकासका लागि विविध प्रकारका तालिम सञ्चालन गरिने र फागुनमा सहकारी अवलोकन भ्रमणको योजना तयार गरिने समेत उहाँले जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न