राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सह अध्यक्ष मित्रराज दवाडीले सहकारीमा सुशासनको प्रत्याभुत गराउनका लागि अगुमन र दिशानिर्देश गर्ने छुट्टै संयन्त्रको बनाउन आवश्यक रहेको औल्याउनुभएको थियो । सरकार र सहकारी अभियानको मजबुद पुलका रुपमा राष्ट्रिय सहकारी विकास बोर्ड रहने र सहकारीलाई नचित्ने थ्रुपै ऐनहरु संशोधनका लागि पहल गर्ने समेत उहाँले बताउनुभएको थियो । त्यसैगरी सहकारी नचित्ने ऐनलाई चिन्ने बनाउने र सहकारीले कुनै काम गर्नुपर्दा हामीले एक अर्काबीच हातेमालो गरेर सहकार्यमा काम गर्नुपर्छ भन्ने उहाँको भनाई रहेको थियो भने नेपाल सरकार मन्त्री परिषद्को निर्णयबाट आगामी ४ बर्षको लागि उहाँ सह अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी विकास बोर्ड ऐन संशोधन गरी चुस्त बनाउन आवश्यक रहेको औल्याउदै बोर्डको सम्पत्तीलाई अभियानको प्रवद्र्धनमा उपयोग गर्न सकेको खण्डमा महत्वपूर्ण उपलब्धी हासिल हुने समेत उहाँको बुझाई रहेको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले बोर्डले सरकार र अभियानबिच पुलको रुपमा काम गर्ने र सरकारको नीति नियम, ऐन, कानुनहरु सहकारी मैत्री बनाउनका लागि भूमिका खेल्नुपर्ने समेत बताउनुभएको थियो ।
Leave a Reply