कालिगण्डकी गाउँपालिकासँग आधारशिला कार्यक्रम सम्झौता

काठमाडौं । कालिगण्डकी गाउँपालिका गुल्मीले नेफ्स्कूनले संञ्चालन गरी रहेको आधारशिला कार्यक्रमको लागि कार्यान्वयन सम्झौता गरेको थियो । उक्त पालिका अध्यक्ष बेदबहादुर थापा, उपाध्यक्ष तारा थापा, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्ली, शिक्षा शाखाप्रमुख अग्रिधर पराजुली, सहकारी शाखा प्रमुख ऋषि राना, नेफ्स्कूनका फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमला र कार्यक्रम अधिकृत रिता सुवेदीको उपस्थितिमा नगरपालिकाको कार्यलयमा आधारशिला कार्यक्रममा सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा संघको तर्फबाट फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला र नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले हस्ताक्षर गर्नुभएको थियो भने रोहबरमा पालिकाका तर्फबाट प्रमुख, उपप्रमुख र संघको तर्फबाट कार्यक्रम अधिकृत सुवेदी बस्नुभएको थियो । त्यसैगरी सम्झौता कार्यक्रममा पालिका अध्यक्ष थापाले सहकारीको विकास बिना आर्थिक र सामाजिक विकास सम्भव नभएको र पालिकाको सिमित जनशक्तिबाट सहकारी नियमन तथा प्रर्वद्धनका कामहरु प्रभावकारी हुन नसकेकोले सहकारी अभियानको अनुभवी संघसंगको सहकार्यले उक्त अभावले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

उक्त पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियाका प्रमुख अथिति कार्यबाहक पालिका अध्यक्ष मिना भण्डारी रहनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाको सामाजिक शाखाप्रमुख नवराज घिमिरे, सहकारी शाखाप्रमुख विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु र संघका फिल्ड कार्यालय इन्चार्ज छत्र धमाला र कार्यक्रम अधिकृत रिता सुवेदीको सहभागिता रहेको थियो भने कार्यक्रममा आधारशिला कार्यक्रमको परिचात्मक र प्रक्रियागत सहजिकरण फिल्ड इन्चार्ज र कार्यक्रम अधिकृतले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमका प्रमुख अथिति पालिका अध्यक्षले विभिन्न वित्तीय संस्थाहरुको अस्वस्थ प्रतिस्प्रर्धाले ग्रामिण क्षेत्रका महिलाहरु ऋणमा डुबीरहेको बिभिन्न घटनाहरु समेत घटिरहेकोले समुदायलाई वित्तीय रुपमा साक्षर बनाउन आवश्यक वित्तीय सेवा प्रदान गर्न उपयुक्त विकल्प सहकारी भएको धारणा समेत राख्नुभएको थियो ।

पालिकाले संघको प्राविधिक सहयोगमा सहकारीको क्षमता विकास गर्ने र सञ्चालनमा आउन नसक्ने संस्थाहरुलाई एकिकरण वा खारेजिको प्रकृयामा लाने धारणा राखेको थियो । प्रमुख प्रशासकिय अधिकृत पाण्डेले भौतीक विकासका साथै आर्थिक र सामाजिक विकास विना समग्र विकास अपूर्ण हुने भएकाले सहकारी मार्फत आर्थिक तथा सामाजिक विकास गर्न सकिने धारण राख्दै सहकारीको संस्थागत विकास र ऐनको परिपालना गर्ने सम्दर्भमा नेफ्स्कून हेल्पिङ ह्याण्डको रुपमा रहने विश्वास समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले आधारशिला असाध्यै राम्रो कार्यक्रम भएकोले पालिकाले छिटो समझौता गरी कार्यान्वयनमा जानुपर्ने सुझाव व्यक्त गर्नुभएको थियो भने प्रमुख प्रशासकिय अधिकृत र पालिका अध्यक्षले कार्यपालिकाको बैठकबाट निर्णय गरी सम्झौता गर्ने प्रतिवद्धता व्यक्त गर्दै उक्त कार्यक्रमको संञ्चालन सहकारी शाखा प्रमुखले गर्नुभएको थियो ।


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *