स्थापना दिवसका अवसरमा तरकारी फलफूल साकोसको सामाजिक कार्य


काठमाडौंको कालिमाटीमा स्थापित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि. ले विविध सामाजिक कार्य सहित २३ औ स्थापना दिवस सम्पन्न गरेको थियो । उक्त तरकारी बजार विकास समितिको हलमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य र एकल महिला सदस्यहरुलाई सम्मान स्वरुप भत्ता वितरण साथै साकोसका उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी सदस्यहरुलाई सम्मान गरिएको साकोसकी व्यवस्थापक बिमला बस्नेतले जानकारी दिनुभएको थियो ।

त्यसैगरी कोषले स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गोदामचौर ललितपुरमा अवस्थित Happy Home Nepal अनाथ बालआश्रममा खाद्यान्न सहयोग उपलब्ध गराएको थियो भने आश्रममा एकसय भन्दा बढी बालबालिका आश्रित रहेका थिए ।

उक्त साकोसले स्थापना दिवसको अवसर पारेर घुम्ती सेवा मार्फत सदस्यता खुला एवं बगैंचामा फूल तथा बृक्षारोपण र सरसफाई कार्यक्रम समेत गरेको थियो भने साकोसले १ महिनासम्म घुम्ती सेवा मार्फत निशुल्क सदस्यता खुला गरिने कार्यक्रम रहेको जनाएको थियो ।

 

त्यसैगरी कालिमाटी तरकारी तथा फलफूल बजार र बल्खु तरकारी बजारका व्यवसायीहरू सेयर सदस्य रहेको यस साकोसले कार्तिक २८ गते २२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभाले नवौं कार्यकालका लागि दुर्गालाल श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको थियो भने १ हजार ७ सय ३६ सेयर सदस्य रहेको साकोसको ६० करोड ५० लाख भन्दा बढीको कारोबार रहेको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन