सप्तरीको डाक्नेश्वरी नगरपालिकासँग आधारशिला सम्झौता

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको थियो । उक्त नगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राम किसुन यादव र नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमिल्सिनाले आधारिशला कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालसँगै नगरपालिकाकी सहकारी शाखा प्रमुख, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी आधारशिला कार्यक्रम स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा सबै प्रकृतिका सहकारीहरुको सशक्तिकरण गर्ने नेफ्स्कूनको कार्यक्रम थियो भने पछिल्लो समय यो कार्यक्रमको लोकप्रियता बढ्दै गएको थियो । त्यसैगरी स्थानीय तहहरु पनि नेफ्स्कूनले सञ्चालन गरेको यो कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो क्षेत्रका सहकारीहरुको जागरण, विकास, प्रवर्धन र सञ्जालीकरणमा जोडिन लालायित भएका थिए ।


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *