बागमती प्रदेश सहकारी मन्त्रालयको सचिवमा निरौला


काठमाडौं । बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा बलराम निरौला नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद् बैठकले निरौलालाई उक्त मन्त्रालयको सचिवको जिम्मेवारी दिएको थियो । यसअघि निरौला प्रदेश १ सहकारी रजिष्ट्रारको कार्यालयको रजिष्ट्रार हुनुभएको थियो भने उपसचिवबाट सह–सचिवमा बढुवा भएसँगै निरौलाले बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयमा जिम्मेवारी पाउनुभएको हो ।

त्यसैगरी निरौलासँग सहकारीका नियामक निकायका विभिन्न तहमा काम गरेको लामो अनुभव रहेको र तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौं र ललितपुरमा समेत निरौलाले डिभिजन प्रमुख भएर काम गर्नुभएको थियो भने सेवा दौरानमा विभिन्न जिल्लामा सहकारी हेर्ने निकायमा रहेर पनि काम गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन