दोलखामा साकोस कार्यकौशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न


काठमाडौं । नेफ्स्कून र दोलखा जिल्ला बचत संघको संयुक्त साझेदारीमा सञ्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्स अन्तर्गत १३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM Workshop) सम्पन्न भएको थियो । उक्त भिमेश्वर क्लस्टर अन्तर्गत शिवशक्ति साकोस कालिञ्चोक ‐५, लापिलाको आयोजनामा सञ्चालित कार्यक्रममा आयोजक साकोसका अध्यक्ष कोषबहादुर खड्काको अध्यक्षता, दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्काको प्रमुख आथित्यता र बचत संघका उपाध्यक्ष जगतप्रसाद सुवेदीको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा भिमेश्वर क्लष्टरमा आबद्ध प्रगति साकोस, कालिनाग साकोस, भिमेश्वर साकोस, स्वर्ण साकोस, परोपकार महिला साकोस, ग्रामिण साकोस, श्रमजीवि साकोस र शिवशक्ति साकोसका अध्यक्ष, सञ्चालक, व्यवस्थापक र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा आदिब महिला साकोस कालिञ्चोक-६,दोलखा र दिपजँग कृषि सहकारी कालिञ्चोकका प्रतिनिधिहरुको पनि सहभागिता रहको थियो । त्यसैगरी कार्यक्रममा अघिल्लो पाल्प वर्कसपको समिक्षा, नीति, कार्यविधि, संस्थाको रणनीतिक योजना, बार्षिक बजेट व्यवस्थापन र मासिक प्रतिवेदन, भाखा नाघेको ऋण व्यवस्थापन, तालिम कार्यक्रम सञ्चालन लगायतका प्रस्तावहरुउपर छलफल गरिएको थियो भने साकोस सहभागीहरुले संस्थागत प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

कार्यक्रमा सहजीकरण नेफ्स्कून दोलखाका कार्यक्रम अधिकृत पवन घिमिरे र दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लि. का कार्यक्रम अधिकृत राजकुमार शिबभक्तिले गर्नुभएको थियो भने गोष्ठीले आगामी १४ कार्यशाला श्रमजीवि साकोस शैलुङ गाउँपालिका दोलखाले २०७९ जेठको पहिलो हप्तामा गर्ने निर्णय गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन