महासंघद्वारा सन्दर्भ ब्याजदर पुनरावलोकनको माग


काठमाडौं । सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकनको माग सहित नियामक निकाय सहकारी विभागलाई ध्यानाकर्षण गराएको थियो ।

महासंघका अध्यक्ष मिनराज कँडेलले विज्ञप्ति प्रकाशित गरी समय सन्दर्भलाई ध्यानमा राखेर बजारमा ब्याजदर बढ्दा बढ्ने र ब्याजदर घट्दा घट्ने विषयमा सहकारी अभियान संबेदनशील रहेको बताउनुभएको छ । यतिबेला बजारमा ब्याजदर बढेको अवस्था रहेकोले वित्तीय क्षेत्रमा १७ प्रतिशत योग्दान गरेको सहकारीको सम्पति संरक्षणको लागि ऋणमा अधिकतम १७ प्रतिशतसम्म रहने गरी बचत र ऋणको ब्याजदर बृद्धि हुने गरी सहकारी सन्दर्भ ब्याजदर ३ दिन भित्र पुनरावलोकन गर्न उहाँले अनुरोध गर्नुभएको थियो ।

सहकारी विभागका उप–रजिस्ट्रार संयोजक रहेको उप–समितिमा अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो भने राष्ट्रिय सहकारी विकास बोर्ड र नेपाल राष्ट्र बैंकको प्रतिनिधिहरु समेत रहेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन