मेची कोशी क्लष्टरको २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न


मनकामना साकोस पथरीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक्सेस मेची कोशी क्लष्टर प्रथमको २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो । एक्सेस ब्राण्डीङ कार्यक्रम एसियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गर्दै आएको कार्यक्रम हो । यस क्लष्टरमा झापा, मोरङ र सुनसरी गरी जम्मा ७ ओटा साहारा नेपाल, ईटहरा, रमाईलो जनएकता, मोरङ, मनकामना, महिला र किसान कल्याण साकोसहरुको आवद्धता रहेको थियो भने उक्त कार्यशालामा ७ ओटा साकोसबाट २९ जनाको सहभागिता रहेको थियो ।

आयोजक साकोसको अध्यक्ष युवराज भट्टराईको अध्यक्षतामा सञ्चालन भएको कार्यशालामा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका अध्यक्ष सोमनाथ निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अथिति जिल्ला बचत संघका अध्यक्ष निरौलाले हाल बजारमा देखिएको तरलता अभावतर्फ संकेत गर्दै उक्त संकटबाट आउन सक्ने समस्याबाट आफ्ना साकोसहरु सुरक्षित राख्न विशेष ध्यान दिन आग्रह गर्दै हाल देशैभरि देखिएको साकोसको कार्यक्षेत्र विस्तार गर्ने आक्रामशैलीले गर्दा भोलि गएर अभियानमा समस्या आउनसक्ने औंल्याउदै त्यसतर्फ नियामक निकायहरुले ऐन, नियममा भएको मापदण्ड पुरा गरेकालाई मात्र कार्यक्षेत्र र सेवाकेन्द्र विस्तारमा स्विकृती दिनुपर्ने समेत जनाउनुभएको थियो ।

कार्यक्रमका अध्यक्ष एंव कार्यशालाका अध्यक्ष युवराज भट्टराईले सिकाई आदान प्रदान गर्ने कार्यक्रम निकै महत्पूर्ण रहेको र एक साकोसले गरेको असल अभ्यासको बारेमा अन्य साकोसहरुको विचमा छलफल हुँदा यसले सहकारीको पारस्परिक सहयोगको सिद्धान्तलाई यर्थाथमा परिणत गरेको कुरा बताउनुभएको थियो । नेफ्स्कून कार्यक्रम अधिकृत कोमलराज अधिकारीले सहजीकरण गर्नुभएको कार्यशालाले संस्थागत शुसान र संस्थागत विकासका निम्ती विभिन्न निर्णयहरु गर्दै आगामि कार्यशाला ७९ जेष्ठ २१ गते रमाईलो जनएकता साकोसको आयोजनामा सम्पन्न गर्ने निर्णय समेत गर्नुभएको थियो भने उक्त कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालय दमकका इन्चार्ज सोमनाथ दाहालको पनि सहभागिता रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न