काठमाडौं । चितवनको रत्ननगरस्थित श्री उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २०औं बार्षिकोत्सव तथा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो भने सो कार्यक्रमको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले गर्नुभएको थियो ।
मन्त्री खनालले रक्तदान जिवनदान भएकोले रगतको सन्तुलन मिलाएर कुनै पनि स्वास्थ्य क्षेत्र अर्थात् अस्पतालमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको उपयोगिताको चर्चा गर्नुभएको थियो । मानव जिवन रक्षाका लागि चितवनमा संकलन हुने रगतले धेरैभन्दा धेरै मानिसको जीवन रक्षा गरेको र सहकारीले आयआर्जनमा लगानी गर्नुपर्ने भन्दै सीपमुलक कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले सहयोग गर्ने समेत उहाँले बताउनुभएको थियो । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेले चितवनमा देशभरीका बिरामीहरु उपचार गर्न आउने भएकाले रगतको अभाव हुने गरेको बताउँदै रक्तदान कार्यक्रमको आयोजनाप्रति सहकारी संघ संस्थाको सक्रियताको प्रशंसा समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा श्री उज्जल महिला विकास साकोसकी अध्यक्ष सम्झना घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक एवम् चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष विद्यादेवी कोइराला, बचत नगर सहकारी सञ्जालका अध्यक्ष दण्डपाणि लामिछाने, सहकारी संस्थापक अध्यक्ष लक्ष्मी गौली लगायतले मन्तव्य राख्नुभएको थियो । त्यसैगरी उपाध्यक्ष चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सचिव अम्विका पुरीले सञ्चालन गर्नुभएको थियो भने बार्षिकोत्सवको अवसर पारेर सो सहकारीले एक जना ज्येष्ट नागरिक र अर्को एक जना बचतकर्तालाई सम्मान समेत गरेको थियो ।
साकोस र जिल्ला बचत संघको संयुक्त आयोजनामा गरिएको खुल्ला रक्तदान कार्यक्रममा ४१ यूनिट रगत संकलन भएको थियो भने साकोसका १ जना जेष्ठ शेयर सदस्य र १ जना उत्कृष्ट बचत कर्ता शेयर सदस्य लाई सम्मान गरिएको थियो । आयोजित कार्यक्रममा १० महिला सहित ४१ जनाले रक्तदान गरेको सहकारी निवर्तमान अध्यक्ष ऋतु गिरीले जानकारी दिनुभएको थियो ।
Leave a Reply