एक्सेस कार्यक्रमको प्राविधिक समिक्षा अभौतिक रुपमा सम्पन्न


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजना र एसियाली ऋण महासंघ अकूको प्राविधिक सहकार्यमा साकोसहरुमा सञ्चालित गुणस्तर सुनिश्चिता कार्यक्रम एक्सेसमा आवद्ध एवं ब्राण्डेड संस्थाहरुबीच छलफल एवं अनुभव सिकाई आदानप्रदान कार्यक्रम अभौतिक रुपमा सम्पन्न भएको थियो ।

नेफ्स्कूनका उपाध्यक्ष एवं सदस्य सेवा व्यवस्थापन उपसमिति संयोजक शान्ती अधिकारीको संयोजनमा सम्पन्न कार्यशालामा २४ वटा संस्थाहरुबाट ४२ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत इलेनिता सान्रोके र अकूका चिफ टेक्निकल एड्भाइजर रञ्जित हिताराचिले सदस्यहरुको बचतको सुरक्षाका लागि संस्थाको खराव ऋण व्यवस्थापन गर्दे ओभरकम योजना बनाएर संस्थाको वित्तीय अवस्थामा सुधार ल्याउने, सदस्य सेवाका कार्यक्रमहरुलाई निरन्तरता दिनको लागि अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै नेफ्स्कून उपाध्यक्ष शान्ती अधिकारीले यस अघिको समिक्षा अभौतिक बैठकमा अकू मार्फत साकोस एवं नेफ्स्कूनलाई दिईएका सुझावहरुको कार्यान्वयको अवस्थाका बारेमा र नेफ्स्कूनले अहिले नेपालको साकोस अभियानको विषयमा गरिरहेको कार्य र हाल समस्याको रुपमा रहेको सन्दर्भ ब्याजदर परिर्वतनका लागि राज्यसंगको लविङको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमिल्सिना साथै बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन