विभागमा भेला हुन महासंघको अनुरोध
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि. ले सन्दर्भ ब्याजदर पुनरावलोकनका विषयमा सरोकारवारलाहरुको ध्यानाकर्षण गराउन सहकारी विभाग नयाँ बानेश्वरमा भेला हुन अनुरोध गरेको थियो । सहकारीको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिश समितिको बैठक बस्नुअघि सरोकारवाला नियामक निकायहरुको ध्यानाकर्षण गराउन महासंघले सहकारीकर्मीहरुलाई विभागमा बिहान ११ बजे उपस्थित हुन अनुरोध गरेको थियो ।
सहकारीको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको बैठक समितिका संयोजक तथा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले दिउँसो १ बजेको लागि बोलाउनुभएको थियो । आज बस्ने बैठकमार्फत हाल कायम १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर पुनरावलोकनको लागि महासंघ अगुवाई विभागमा भेला हुन सहकारीकर्मीहरुलाई अनुरोध समेत गरिएको थियो ।