श्रोत परिचालन साकोसको आयोजनामा उद्यमशीलता विकास तालिम


धादिङ । नीलकण्ठ नगरपालिका-३ धादिङस्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा न्यू होप विजनेस नेपाल प्रा.लि. को प्राविधिक सहयोगमा उद्यमशीलता विकास ९१ दिने व्यवसायिक पंक्षीपालन कुखुरा,हाँस बट्टाई तालिम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप अधिकारीले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो भने कार्यक्रमको प्रशिक्षण डा. मन्दिप पोख्रेलले गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

उक्त तालिममा ४३ जना सेयर सदस्य सक्रिय सहभागि भई व्यवसायिक पंक्षी पालन तालिम लिई खुसी व्यक्त गर्दै व्यवसायिक तालिमले आफ्नो व्यवसायमा मद्दत पुग्ने भन्दै संस्थाप्रति आभार प्रकट गर्नुभएको थियो भने सो तालिमको प्रमुख उद्देश्य पंक्षीपालन व्यवसायीहरुलाई सहयोग गर्नुका साथै आर्थिक उन्नतिमा सहभागी गराउनु रहेको थियो ।

श्रोत परिचालन साकोसको आयोजन तथा न्यू होप विजनेस नेपाल प्रा.लि. को प्रविधिक सहयोगमा १ दिने आधारभूत व्यवसायीक पंक्षि कुखुरा,हाँस,बट्टाई पालन तालिम तथा सहकारी शिक्षा संस्थाको हलमा सम्पन्न गरिएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन