काठमाडौं । सहकारीको ब्याजदर पुनरावलोकन गर्न सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको अर्को बैठक बिहिवार बस्ने भएको छ । ब्याजदर अध्ययन प्राविधिक उपसमितिले दिएको प्रतिवेदन थप अध्ययनका लागि समय आवश्यक भएकोले अर्को बैठक बस्ने सहमति भएको हो । सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकनका विषयमा सहकारी विभागमा करिब ३ घण्टा समितिको बैठक बसेको थियो ।
सरकारी पक्षका सदस्यहरुले उप समितिले बुझाएको प्रतिवेदन थप अध्ययन गर्न समय माग गरेपछि बैठक बिहिबार बस्नेगरी टुंगिएको हो । उक्त समितिको बैठकमा संयोजक, केन्द्रीय बैंक, अर्थ मन्त्रालय र सहकारी मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सरकारी पक्षका सदस्यहरु फेरिएका कारण नयाँ सदस्यहरुले प्रतिवेदन अध्ययनका लागि समय माग गरेका हुन् ।
Leave a Reply