जिल्ला सहकारी संघ काठमाडौंद्वारा रजिष्ट्रारलाई ६ बुँदे ज्ञापन पत्र


काठमाडौं । जिल्ला सहकारी संघ लि. काठमाडौंले सहकारी संघ संस्थाहरुको संरक्षण र सम्बर्धन तथा सहकारीका विद्यमान समस्या यथाशिघ्र समाधानका लागि ६ बुँदे ध्यानाकर्षण सहित सहकारी विभागका रजिष्ट्रारलाई ज्ञापन पत्र बुझाएको थियो ।

सहकारी अभियानको तर्फबाट हालको तरलताको विषम अवस्था तथा वित्तिय बजारको बिद्यमान अवस्थालाई मध्यनजर राख्दै सन्दर्भ व्याजदर पुनरावलोकनको लागि पटकपटक लिखित तथा मौखिक जानकारी गराएकोमा सम्बन्धित निकायबाट उक्त विषयमा सुनुवाई नभई समग्र सहकारी अभियानमा असर परेको भन्दै जिल्ला संघ काठमाडौंको अगुवाईमा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डित लाई ज्ञापन पत्र बुझाइएको थियो ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायत संघका पदाधिकारी साथै सहकारी अभियन्ताहरुले रजिष्ट्रार पण्डितलाई विभाग परिसरमा भेटी ज्ञापन पत्र बुझाउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न