भरतपुर । हाम्रो चित्रवन साकोस भरतपुर-११ चितवनको एकीकरण पछिको पहिलो बार्षिकोत्सव सम्पन्न भएको थियो । उक्त संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेफस्कूनकी उपाध्यक्ष शान्ति अधिकारी रहनुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि अधिकारीले एकीकरण मार्फत हाम्रो चित्रवन साकोसले सदस्यलाई अझ दिगो र सुरक्षित कारोबारका लागि अग्रसर बनाएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय र प्रभावकारी सेवा दिन संस्था सफल हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बिशिष्ठ अतिथि चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष हरिश्चन्द्र सुवेदी, संस्थापक अध्यक्ष सोमराज खनिया, पुर्व अध्यक्षहरु नयनराज शर्मा नेपाल, बिनोद मिश्र सन्तबहादुर गुरुङ, सल्लाहकार रमाकान्त सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राख्नुभएको थियो ।
उक्त बार्षिकोत्सवको अवसरमा संस्था एकीकरणमा महत्वपुर्ण भुमिका निभाउनुहुने पूर्व अध्यक्ष, निर्वतमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति ,पूर्व सल्लाहकार, एकीकरण बिवाद समाधान उपसमिति, एकीकरण सहजीकरण उप समितिलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै सोही अवसरमा संस्थाका ७० बर्ष उमेर पुगेका ज्येष्ठ शेयर सदस्यहरु, बिद्यावारिधि गर्नुभएका सदस्य तथा सदस्यका परिवार, सामुदायिक र संस्थागत बिद्यालयबाट एसइई परिक्षामा उत्कृष्ट अंक ल्याई पास गर्नुभएका सदस्यका छोरा छोरिहरुलाई नगद सहित प्रशंसापत्र दिई सम्मान गरिएको थियो ।
भरतपुर-११ बाईपासरोडमा मुख्य कार्यालय रहेको संस्था दीपज्योति, चित्रवन, हाम्रो माईति, अभिबृद्धि, गौरवमय, भानुचोक, पटिहहानी र मोडल सहित ८ सेवा केन्द्रहरु रहेका छन् भने उक्त संस्थामा हाल १०५३० शेयर सदस्य रहेको र कुल पुँजी १ अर्ब २० करोड भन्दामाथि रहेको छ ।
Leave a Reply