अनुभवीको छैठौ साधारण सभा सम्पन्न
काठमान्डौं, कार्तिक २४ । अनुभवी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले छैठौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संचालक समितीका अध्यक्ष सुरेश रत्न बज्राचार्यको सभापतित्वमा सम्पन्न सभामा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक के बि उप्रेती,डिभिजन सहकारी काठमाडौंका निरिक्षक अधिक्रित पशुपती घिमिरे लगायतले देशको अर्थिक उन्नतिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
कुल चुक्ता पुजी रु ७६ लाख ३६ हजार रहेको सस्थाले यस आर्थिक बर्षमा जम्मा रु ३ लाख ५४ हजार नाफा गरेको जानकारी बिज्ञप्तीमा उल्लेख छ भने सस्थाले हाल सम्म रु ५ करोड १७ लाख ३९ हजार निक्षेप सकलन गरेको र रु ३ करोड ९१ लाख २७ हजार कर्जा लगानी गरेको बताइएको छ।