स्वस्तिक साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला
धादिङ । स्वस्तिक साकोस धादिङको आयोजना तथा नेफ्स्कून एवम् जिल्ला बचत संघ धादिङको प्राविधिक सहयोगमा कर्ब्स धादिङ समूहको १३औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठी ज्वालामुखी-२ मैदी, धादिङमा सम्पन्न भएको थियो । उक्त गोष्ठीको अध्यक्षता स्वस्तिक साकोसका अध्यक्ष मदनकुमार श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि ज्वालामुखी-२, धादिङका वडाध्यक्ष रनबहादुर शाही रहनुभएको थियो ।
उक्त कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकाल एवम् जिल्ला बचत संघका प्रमुख व्यवस्थापक गोकर्ण दुवाडिले गर्नुभएको थियो भने गोष्ठीमा धादिङ कर्ब्स समूहका ७ साकोसको सहभागिता रहेको थियो ।
उक्त सहकारी विभागले हालै जारी गरेको ८८ बुँदे एकीकृत सहकारी निर्देशिका २०७८ का सम्बन्धमा छलफल भएको गोष्ठीमा बिशेषतः सहभागी साकोसहरुले संस्थागत कार्यप्रगति प्रतिवेदन प्रस्तुत तथा सिकाइ आदानप्रदान गरेका थिए ।