सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो

काठमाडौं । सहकारी विभागले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ । उक्त सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको सन्दर्भ ब्याजदर निर्धारण समितिका सदस्य एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले जानकारी गराउनुभएको थियो । सहकारी अभियानले बैंक तथा वित्तीय संस्थामा देखा परेको तरलता अभाव तथा बढेको ब्याजदर र सहकारीमा क्यापिङको रुपमा रहेको १४.७५ प्रतिशत सन्दर्भ ब्याजदरले गर्दा सम्पत्ती दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै दबावमूलक अभियान सञ्चालन गरेको थियो ।

सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकमा राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई समेत आमन्त्रण गरिएको थियो । सो बैठकले अब चार-चार महिनामा नियमित रुपमा बैठक बसी सन्दर्भ ब्याजदरको विषयमा छलफल गर्ने निर्णय समेत गरेको थियो भने सहकारी संस्थाहरुका लागि तोकिने सन्दर्भ ब्याजदर सहकारी संस्थाहरुका लागि निर्देशक ब्याजदरका रुपमा रहने समेत व्यवस्था रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

प्राविधिक समितिले पछिल्लो तथ्याङ्कका आधारमा छलफल गरी सहकारीको सन्दर्भ ब्याजदरको टुङ्गो लगाएको थियो । प्राविधिक उपसमितिका सदस्य एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलले समितिले प्राविधिक छलफलका लागि बल उपसमितिकै कोर्टमा उपलब्ध गराएको स्थितिमा थप छलफल भएको बताउनुभएको थियो । उहाँले इन्फ्लेसन रेट, राष्ट बैंकले जारी गरेको निर्देशन, तरलताको स्थिति आदि कारणले ब्याजदर बढाउन आवश्यकता भएको निष्कर्ष उपसमितिको रहेको बताउनुभएको थियो ।


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *