प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफस्कूनको प्राविधिक सहयोगमा पोखरा लेकसाइड स्थित माई होटलमा कास्की जिल्ला स्थित सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित सञ्चालित प्रशिक्षक प्रशिक्षण कार्यक्रम एक कार्यक्रमबीच समापन भएको थियो ।

उक्त कार्यक्रमको समापन मन्तव्य राख्दै क्कलका संस्थापक अध्यक्ष मीलन ढकालले कास्की जिल्लामा सञ्चालित प्रारम्भिक सहकारीहरुलाई सहकारी सम्बन्धी तालिम प्रदान गर्नको लागि जनशक्ति अभाव भै तालिम आयोजना गरिएको र अबका  दिनमा केही हद सम्म पुरा हुने विश्वास व्यक्त गर्नुभएको थियो । तालिम लिनु र प्रमाण पत्र ग्रहण गर्नु कुनै ठुलो कुरा हैन यसलाई व्यवहारमा उतार्नु महत्वपुर्ण कुरा हो । यस्ता प्रकारका तालिमले गर्दा समग्र सहकारी अभियानको लागि फाइदा पुग्ने भएको हुँदा यो तालिम आयोजना गरेकोमा कास्की र नेफ्स्कूनलाई हार्दिक धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिको तर्फबाट शंकरप्रसाद पौडेल र विद्याता श्रेष्ठले यस्ता खालका कार्यक्रमले व्यवस्थापकहरुलाई थप उर्जा प्रदान गरेको र आगामी दिनमा त्यसलाई व्यवहारमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा नेफस्कूनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल, प्राचार्य सञ्जयराज तिमिल्सिना, वरिष्ठ तालिम अधिकृत द्धय वल्लभ तिमिल्सिना र प्रेमनाथ वाग्लेले प्रशिक्षण दिनुभएको थियो भने प्रमुख प्रशिक्षक वल्लभ तिमिल्सिनाले सहभागीहरुले राम्रो सँग शिक्षा लिन सकेको विश्वास गर्दै नेफस्कूनले आगामी दिनमा आयोजना गर्ने तालिममा यही जनशक्तिलाई नै सहभागि गराउदै लैजाने जानकारी समेत दिनुभएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएका क्लबका अध्यक्ष अपिल कोईरालाले क्लबको परिकल्पना अनुसार आफु निर्वाचित हुने वेलामा गरेको प्रतिवद्धता पुरा भएको र यसलाई पुरा गर्नको लागि सहभागिता जनाउनुहुने व्यवस्थापक साथीहरु र प्राविधिक सहयोग गर्नुहुने नेफस्कुन परिवारप्रति आभार व्यक्त गर्नुभएको थियो । सिएमसि कास्की एउटा क्वालिटी सर्कलको रुपमा रहेको र यसले सहकारीमा कार्यरत कर्मचारीहरुलाई दक्ष बनाई गुणस्तरिय संस्था निर्माण गर्ने अभियानमा रहेको जानकारी समेत अध्यक्ष कोइरालाले व्यक्त गर्नुभएको थियो भने  समापन कार्यक्रमको सञ्चालन सचिव मोहन प्रसाद  अधिकारीले गर्नुभएको थियो ।

 


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *