बैंकका सञ्चालक मानन्धर सहकारी विकास बोर्डको कार्यकारी सदस्यमा नियुक्त


राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक केदार मानन्धर राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सञ्चालक सदस्यमा नियुक्त हुनुभएको छ । उहाँ सहित अन्य पाँच जनालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बोर्डको कार्यकारी सञ्चालक सदस्यमा नियुक्त गर्नुभएको हो ।

यसअघि दुई कार्यकाल बोर्ड सदस्यमा रहेर काम गरिसक्नु भएका मानन्धरलाई यो पटक बागमती प्रदेशको प्रतिनिधित्व हुने गरी आगामी दुई वर्षको लागि मनोनयन गरिएको थियो । उहाँ सहित सुदूरपश्चिम प्रदेशबाट दशरथ भण्डारी, लुम्बिनी प्रदेशबाट सन्दीप सापकोटा, गण्डकी प्रदेशबाट पोषणराज सुवेदी, र मधेश प्रदेशबाट शम्भुबहादुर खड्का समेत नियुक्त हुनुभएको थियो भने यसअघि बोर्डको सह–अध्यक्षमा राष्ट्रिय सहकारी बैंकका लेखासुपरिवेक्षण समितिका सदस्य मित्रराज दवाडीलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट नियुक्त गरिएको थियो ।

त्यसैगरी नव–नियुक्त मानन्धरलाई बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरिएको थियो भने उहाँलाई बैंकका अध्यक्ष के.बी. उप्रेती सहित सञ्चालकहरु, बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थितिमा बधाई तथा शुभकामना समेत ज्ञापन गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन