हाइवे साकोसको आयोजनामा धादिङमा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं । धादिङको गल्छि गाउँपालिकामा अवस्थित हाइवे बचत तथा ऋण सहकारी संस्था लि. ले सरस्वती सेवा केन्द्र स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी धादिङको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ५५ जना पुरुष र २२ जना महिलाले रक्तदान गर्नुभएको थियो ।

मानवीय जीवन रक्षाका लागि अति उपयोगी रगत सङ्कलनका लागि सहकारीद्वारा आयोजित कार्यक्रममा सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो । विभिन्न समयमा विविद्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको हाइवे साकोसले रक्तदान जस्तो पवित्र कामलाई महत्वका साथ अगाढि बढाउन सहकारीमार्फत कार्यक्रम राखिएको जनाएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न