भक्तपुरमा वित्तीय परामर्श तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को महिला सशक्तिकरण उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सिद्धि गणेश तालिम खंचा, भक्तपुरमा दुई दिवसिय वित्तीय परामर्श तालिम सम्पन्न भएको थियो ।

बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले वित्तीय परामर्श तालिम वृहत विषय भएकोले यसमा निरन्तर अद्यावधिक हुनुपर्ने विचार राख्नुभएको थियो । सहकारीमा सन्दर्भ व्याजदर हचुवामा तोक्न नमिल्ने भन्दै तथ्यांकका आधारमा तोक्नुपर्नेमा जोड दिदैं उहाँले हाल वित्तीय बजार बढ्दो ब्याजदरलाई ध्यानमा राखी सन्दर्भ ब्याजदर १६ प्रतिशत निर्धारण गर्नु ठिक रहेको बताउनुभएको थियो भने कानुन विपरित सञ्चालित बहुउद्देश्यीय सहकारीहरु सञ्चालनमा रोक लगाउनुपर्ने, एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन हुनुपर्ने र मालपोतमा ३० लाखसम्मको रोक्का दस्तुर रु.५०० बाट रु.८००० सम्म बृद्धि गरेकोमा विरोध जनाउदैं सोको संशोधनका लागि वागमती प्रदेश सरकार समक्ष संघले ज्ञापन पत्र बुझाउने तयारीमा समेत रहेको बताउनुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

संघका सञ्चालक एंव उपसमितिका संयोजक कृष्णश्वरी प्रजापतिले वितीय क्षेत्रमा वित्तीय परामर्शको महत्व बताउदै तालिमबाट सिकेका कुराहरु व्यक्तिगत जिवनमा व्यहारमा उतार्न र संस्थाका सदस्यहरुलाई निरन्तर वित्तीय परामर्श दिनुपर्ने विचार राख्नुभएको थियो भने उपसमितिका सदस्य निर्जला ढुंगेलले स्वागत मन्तव्य राख्दै संस्थामा वित्तीय परामर्शका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले संघले वित्तीय परामर्श तालिमको आयोजाना गरेको बताउनुभएको थियो ।

तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । उक्त तालिमको समापन समारोह सञ्चालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थामा वित्तीय परामर्श कक्ष स्थापना गरी वित्तीय साक्षरताको अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउदै यसले सहकारीमा सहकारीताको विकासमा मद्दत पुग्नुको साथै सदस्यको आर्थिक विकासमा उल्लेख्य योगदान पुग्ने विचार समेत राख्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

उक्त तालिमका सहभागीहरुले तालिम अरु तालिम भन्दा फरक र व्यवहारिक रहेकोमा खुशी व्यक्त गर्दे तालिमबाट बचत बृद्धिका उपाय, ऋण परिचालन, परिवारिक बजेट, वित्तीय परामर्श गराउने उपायहरु लगायत ज्ञान आर्जन गरेको बताउनुभएको थियो । त्यसैगरी तालिममा संस्थाका शिक्षा उपसमितिका संयोजक र कर्मचारी गरी ३७ जनाको सहभागिता रहेको थियो ।


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *